+
+
Shares

एमसीसी अनुमोदन गर्ने प्रचण्डको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते १४:०२

१० माघ, नवलपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन हुने संकेत गरेका छन् ।

शुक्रबार नवलपुरमा पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको बताए । यसबारे पार्टीमा पर्याप्त छलफल भएको भन्दै उनले भने, हामीले के भनेका छौं भने राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुनः सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गरेका छौं ।’

प्रचण्डले अगाडि भने, ‘सचिवालयमा छलफल गरेर राष्ट्रिय हितलाई सर्वोपारी राखेर मात्र अगाडि बढाउँछौं ।’

पछिल्लो समय अमेरिकी दूताबासले १० बुँदे स्पष्टीकरण आएको स्मरण गर्दै प्रचण्डले त्यसलाई पनि विचार गरेर नेपालको हितमा निर्णय गर्ने बताएका छन् । उनले अघि भने आजभोलि फेसबुकको जमाना छ, भएका नभएको विवाद पनि भयो भनेर फिल्डमा काम गर्ने तपाईहरुलाई कन्फ्यूज बनाउने षड्यन्त्र भएका छन् । यसप्रति सतर्क रहनु होला, हाम्रो पार्टी एकतावद्ध छ र रहनेछ ।’

इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै नेकपाका नेताहरुले एमसीसी सम्झौताबारे प्रश्न गरेका थिए । यसबारे नेकपाभित्र जारी बहस अझै टुंगिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?