+
+
Shares

अटोको ठक्करबाट बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते १७:०९

१० माघ, चितवन । पश्चिम चितवनको मेघौलीमा अटोको ठक्करबाट गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साढे १२ बजे भरतपुर महानगरपालिका २८ को जोगीटोलमा पर्साढापबाट गोलाघाट जाँदै लु १ स ७७३० नम्बरको तरकारी बोक्ने अटोले ५ बर्षका मनिष कुमाललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएकोमा उपचारको क्रममा बालकको मृत्यु भएको हो । ठक्कर दिने अटो र चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?