+
+
Shares

ट्यांकरहरुले रोके हवाई इन्धनको आपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ११ गते २०:२३

११ माघ, काठमाडौं । हवाई इन्धन बोक्ने ट्यांकर चालकहरुले शनिबारदेखि भारतबाट हुने आयात र आन्तरिक आपूर्ति रोकेका छन् । प्राविधिक कारण हुने चुवहाटको सीमासम्बन्धी व्यवस्था हटाउनुपर्नेसहित ८बुँदे माग राख्दै उनीहरुले हवाई इन्धनको आपूर्ति ठप्प पारेका हुन् ।

उनीहरुको मागका सम्बन्धमा शुक्रबार नेपाल आयल निगममा वार्ता पनि भएको थियो । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार चालकहरुले विनियमावलीमा ५० लिटरभन्दा बढीको प्राविधिक चुहावट भएमा घटेको इन्धनको दोब्बर क्षतिपूर्ति भराउने व्यवस्था खारेजीको माग गरेका छन् ।

‘८ सय वटा ट्यांकरमा १२-१५ वटा ट्यांकरमा त्यस्तो समस्या छ, त्यस्तो क्यालिब्रेसनमा हुने समस्या हटाउन मर्मत गर्नुपर्छ,’ उनले भने, ‘चोरी हुँदा गरिने कारवाही गर्ने विद्यमान विनियम नै खारेज गने सकिन्न भनेपछि उहाँहरु काम रोक्छौं भन्दै वार्ताबाट बाहिरिनुभयो ।’

लगतै उनीहरुले आपूर्ति रोकेका छ । उनका अनुसार अरु एक-दुई दिन आपूर्ति ठप्प भए काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धनको अभाव सुरु हुनसक्छ ।

अत्यावश्यक सेवामा हड्ताल गर्नेमाथि निमगले कारवाही गर्ने भन्दै उनले वार्ताबाट समाधान खोज्नुको विकल्प नभएको बताए । उनले चालकले राखेका अन्य मागमा निगम सकारात्मक रहेको भन्दै तेल चोरी रोक्न राखिएको कडा व्यवस्था हटाउन नसकिने दोहोर्‍याए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल दैनिक ५ लाख लिटर हवाई इन्धनको माग छ । देशका अन्य अन्तरिक विमानस्थलमा १५ देखि २० हजार हवाई इन्धनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?