+

बिग बास लिग छाडेर नेपाल फर्किए सन्दीप

२०७६ माघ  १२ गते १४:४३ २०७६ माघ १२ गते १४:४३
बिग बास लिग छाडेर नेपाल फर्किए सन्दीप

१२ माघ, काठमाडौं । सन्दीप लामिछाने विग बास लिग छाडेर नेपाल फर्किएका छन् । उनी भोलि काठमाडौं आइपुग्नेछन् ।

क्रिकेट वर्ल्डकप लिग टू अन्तरगत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि उनी नेपाल फर्किएका हुन् । यो सिरिज माघ २२ बाट काठमाडौंमा हुनेछ ।

सन्दीप आवद्ध टिम मेलबर्न स्टार्स भने यो पटक विग बास लिगले समूह चरण पार गरिसकेको छ । सन्दीपले पनि १३ खेलमा १५ विकेट लिएका थिए ।

अब उनले मेलबर्न स्टार्सको बाँकी खेल भने गुमाउनेछन् । किनकी बिग बास लिगको फाइनल ९ तारिखमा छ, जतिबेला नेपालले त्रिकोणात्मक सिरिज खेलिरहेको हुनेछ ।

मेलबर्नका प्रशिक्षक डेभिड हसीले राष्ट्रिय टिममा बोलाउँदा खुसी लागेको तर टिमले एउटा उत्कृष्ट खेलाडी गुमाउँदा दुःख लागेको प्रतिक्रिया दिएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय