Comments Add Comment

‘पद्यमश्री अवार्ड’ देशका आमा र छोरीप्रति समर्पित गर्न चाहन्छुः कंगना

भारत सरकारले हरेक बर्ष प्रदान गर्ने प्रतिष्ठित पद्यमश्री अवार्ड यो बर्ष पनि घोषणा भएको छ । गणतन्त्र दिवसको एक दिन अघि यो अवार्डको घोषणा गरिएको हो । बलिउडका ४ जना कलाकर्मीले यो अवार्ड पाउने भएका छन् । जसमा, नायिका कंगना रनावत, निर्देशक करण जोहर, गायक अदनान सामी र निर्मात्री एकता कपुर छन् ।

अवार्ड प्राप्त गरेपछि नायिका कंगना रनावतले एक भिडियो सन्देश सार्वजनिक गरेकी छिन् । भिडियोमा उनले आफूले प्राप्त गरेको अवार्ड भारतका हरेक आमा र छोरीहरुमा समर्पित गर्न चाहेको उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्–‘यो अवार्ड म ती सबै महिलाहरुमा समर्पित गर्न चाहन्छु, जसले आफ्नो सपना पुरा गर्ने हिम्मत राख्छन् ।’

यस्तै, उनले अगाडि भनेकी छिन्–‘यस्तै म यो अवार्ड ती सम्पूर्ण छोरीहरुमा समर्पित गर्न चाहन्छु, जसले देशलाई उत्कृष्ट बनाउनका लागि मद्दत गरिरहेका छन् ।’

नायिका कंगना रनावतले ३ पटक राष्ट्रिय चलचित्र पुरस्कार समेत जितिसकेकी छिन् । बलिउडमा कंगनाको पक्षमा बोल्ने बलिउडकर्मी निकै कम छन् । तर, उनको बोल्ड शैलीले उनलाई सधै नै अगाडि बढ्न मद्दत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment