१२ माघ, पोखरा । २९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।
राइफलमा प्रयोग हुने गोली लिएर जहाज चढ्न लागेका पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाहीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित उनी यति एयरको बिहान १०ः१५ को उडानबाट काठमाडौं उड्न लागेका थिए।
विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य वस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4