+
+
Shares

१९ जीवन बीमा कम्पनीले ६ महिनामा कमाए ४८ अर्ब बीमा शुल्क

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १७:३५

१२ माघ, काठमाडौं । जीवन बीमा कम्पनीहरुले ६ महिनामा नै करिब ४७ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मुलुकमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिना अर्थात पुस मसान्तसम्म ४७ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिले दिएको जानकारी अनुसार यि कम्पनीहरुले वैदेशिक रोजगार (म्यादी बीमा) बाट मात्रै ६ महिनामा १ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यसैगरी कम्पनीले पुरानो नविकरणमार्फत ३१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा नयाँ थपिएकाको मात्रै १५ अर्ब ३० करोड रुपैयाँ गरेर यि बीमा कम्पनीहरुले ४६ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै देखिएको छ । बीमा शुल्क आर्जनका आधारमा विगतको जस्तै यस वर्ष पनि नेपाल लाईफ पहिलो हुन सफल भएको हो । नेपाल लाइफले मात्रै यस अवधिमा १३ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कुनले कति आर्जन  गरे बीमा शुल्क ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १३ अर्ब ९६ करोड रुपैयाँ

लाइफ इन्स्योरेसन कर्पोरेशन नेपाल (एलआइसी) ७ अर्ब ९९ करोड रुपैयाँ

राष्ट्रिय बीमा सस्थानले ५ अर्ब ८३ करोड रुपैयाँ

नेशनल लाइफ इन्स्योरेन्स ३ अर्ब ९५ करोड रुपैयाँ

युनियन लाइफ इन्स्योरेन्सले २ अर्ब ४१ करोड रुपैयाँ

मेट लाइफ इन्स्योरेन्सले २ अर्ब ३९ करोड रुपैयाँ

एशियन लाइफ इन्स्योरेन्सले २ अर्ब २६ करोड रुपैयाँ

सुर्य लाइफ इन्स्योरेन्सले १ अर्ब ५८ करोड रुपैयाँ

प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब ४१ करोड रुपैयाँ

रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब ८ करोड रुपैयाँ

गुराँस लाइफ इन्स्योरेन्स ९४ करोड रुपैयाँ

ज्योति लाइफ इन्स्योरेन्स ७४ करोड रुपैयाँ

सिटिजन्स लाइफ इन्स्योरेन्स ७१ करोड रुपैयाँ

आइएमइ लाइफ इन्स्योरेन्स ५८ करोड रुपैयाँ

सनलाइफ इन्स्योरेन्सले ५६ करोड रुपैयाँ

रिलायन्स लाइफ ४३ करोड रुपैयाँ

सानिमा लाइफले ४० करोड रुपैयाँ

प्रभु लाइफले ३० करोड रुपैयाँ

महालक्ष्मी लाइफ इन्स्योरेन्सले २८ करोड रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?