Comments Add Comment

खोला उत्खनन रोकको विरोधमा उत्रिए ट्रक व्यवसायी

१२ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले क्रसर उद्योग बन्द गर्ने जनाएपछि ट्रक व्यवसायीले पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

खोला उत्खननको बिरोध गर्ने क्रममा धनुषाको मिथिला नगरपालिका ५ का दिलिप महतोको क्रसर व्यवसायीकै अगुवाइमा गत पुस २५ गते विहान हत्या भएपछि प्रदेश सरकारले खोला उत्खननमा रोक लगाएको छ ।

खोला उत्खनन नहुँदा आफूहरुको व्यवसाय नै चौपट जनकपुर अञ्चल ट्रक व्यवसायी संघले जनाएको छ । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बाबुसाहेब झाले अहिले वालुवा उत्खनन बन्द हुँदा सबै ट्रक घरमा थन्काउनुपरेको बताए ।

दिलिप महतोको हत्याकै निहुँमा खोलाबाट गिट्टी बालुवा उठाउन रोक लगाउन नहुने बताउँदै उनले अनुमति पाएको र ठेक्का लिएका क्रसर उद्योगहरुको अनुगमन गर्दै मापदण्ड पालना गर्न लगाएर सञ्चालन गर्न दिनुपर्ने बताए ।

बालुवा, गिट्टी उपलब्ध नहुँदा काम गर्न उपभोक्ता र ठेकेदजारलाई समेत समस्या भएको उनले बताए । समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने र अर्कोतिर निर्माण सामग्री पुर्‍याउन नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment