Comments Add Comment

कैलालीको जुवाघरमा प्रहरी छापा, वडाध्यक्षसहित १६ पक्राउ

१३ माघ, धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीले वडाध्यक्षसहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले २२ लाख ८२ हजार रुपैयाँसमेत बरामद गरेको छ ।

आइतबार राति धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट गोदावरी नगरपालिका-१० का वडाध्यक्षसमेत रहेका २८ वर्षीय रवीन्ऽ शाहीलगायत १६ जना पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा राति करिब १० बजे छापामारी जुवाडेहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

पक्राउ पर्नेमा वडाध्यक्ष सहितकञ्चनपुर भीमदत्तनगरपालिका-३ का ३४ वर्षीय धिरेन्द्र चन्द, बेलौरी नगरपालिका-१ का ३४ वर्षीय भुवन कुँवर, धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षीय तिलक अधिकारी, वडानम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडानम्बर ४ का ३५ वर्षीय खेमराज भट्ट, वडानम्बर २ का ४१ वर्षीय जनक दौल्याल, गोदावरी नगरपालिका-१० का २८ वर्षीय सन्देश तामाङ, गोदावरी नगरपालिका-३ का ३८ वर्षीय मोहन खड्का रहेका छन् ।

यस्तै बैतडी दशरथचन्द नगरपालिका-८ बस्ने ३१ वर्षीय अमित गुरुङ, बझाङ जयपृथ्बी नगरपालिका १० बस्ने ३५ वर्षीय प्रेमबहादुर सिंह, बैतडी दशरथचन्द नगरपालिका-४ बस्ने ३० वर्षीय सूर्य भट्ट, पुर्चौडी नगरपालिका-८ बस्ने ५० वर्षीय काकालु सिंह धामी, धनगढी उपमहानगरपालिका-३ का ३७ वर्षीय चन्द्रमणि अधिकारी, दार्चुला नौगाड गाउँपालिका-४ का ३३ वर्षीय काजयसिंह धामी र महाकाली नगरपालिका-४ का ३८ वर्षीय कामङ्गल ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

पक्राउ परेका १६ जनामाथि जुवा कसुर अन्तरगत कारबाही उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment