+
+
Shares

मोरङमा एनसेल टावरमा विष्फोट

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १५:२५

१३ माघ, विराटनगर । अज्ञात समूहले मोरङको उत्तरी क्षेत्र केराबारी गाउँपालिका–२ सिंहदेवीको ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा बम बिस्फोट गराएको छ । आइतबार राति टावरमा बिस्फोट गराएको हो ।

तारले घेराबारा गरेर बनाइएको मुख्य गेटमा पहेंलो झोलामा झुन्ड्याएको अवस्थामा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

बाहिरबाट ‘बम छ’ भन्ने लेखेर झुन्ड्याइएको झोलाबाट प्वाल पारेर तार बाहिर निकाल्दै गेटमा झुन्ड्याएको अवस्थामा सुतली बम जस्तै वस्तु भेटिएपछि डिस्पोजका लागि नेपाली सेनाको टोली घटना स्थल तर्फ लागेको मोरङ प्रहरीका प्रवक्ता डीएपसी लोकदर्शन थापाले बताए ।

ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा आइतबार साँझ अज्ञात समूहले विष्फोट गराएको थियो । विष्फोटपछि भएको आगजनीबाट जेनेरेटर, पावर प्लान्ट, केवल वायरमा क्षति पुगेको छ । स्थानीय बासिन्दाले तीन पटकसम्म विष्फोटका ठूल्ठूला आवाज आएको बताएका छन् ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको समूहले बिस्फोट गराएको हुनसक्ने प्रहरीले बताएको छ । अज्ञात समूहले शुक्रबार राति केराबारी गाउँपालिका कार्यालयमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो । गत आइतबार मिक्लाजुङ गाउँपालिका–१ रमितेमा बिष्फोट गराएर सडक निर्माणमा प्रयोग गरिएका तीनवटा डोजरमा आगजनी पनि गरिएको थियो ।

एक साताको अवधिमा मोरङमा बम विष्फोटबाट क्षति पुर्‍याइएका तीनवटा ठूला घटना भए पनि घटनाको जिम्मेवारी कसैले लिएको छैन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?