Comments Add Comment

सिटिजन्स बैंकको ‘सिटिजन्स कोसेली निक्षेप योजना’

१३ माघ, काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंकले ग्राहकहरुलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारम्भ गरेको छ ।

निक्षेप योजना अन्तर्गत बैंकका व्यक्तिगत ग्राहक महानुभावहरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना -९० महिना) पश्चात सँावा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुने गरि रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट पाँच लाख भन्दा बढी ग्राहवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment