Comments Add Comment

दन्त अस्पताल बनाउन बुटवलमा रोटरी म्युजिकल नाइट हुने

१३ माघ, बुटवल । रुपन्देहीको बुटवलमा सामुदायिक दन्त अस्पताल निर्माणका लागि आर्थिक संकलन गर्ने उदेश्यले रोटरी म्युजिकल नाइटको आयोजना गरिने भएको छ ।

रोटरी क्लव अफ बुटवल चौतारीले आगामी माघ १८ गते बेलुका बुटवलको सिद्धार्थ कटेजमा रोटरी म्युजिकल नाइटको आयोजना गर्ने भएको हो ।

बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी तीब्र पारिएको रोटरी क्लबअफ बुटवल चौतारीका अध्यक्ष बिष्णुप्रसाद घिमिरेले बताए ।

सो कार्यक्रममा सांगीतिक क्षेत्रका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु सुगम पोख्रेल, रामजी खाँड, पशुपति शर्मा, अन्जली अधिकारी, प्रचण्ड जीसी, राज केसीको बेजोड प्रस्तुती रहने जनाइएको छ ।

२० लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यक्रममाबाट २७ लाख रुपैयाँ आर्थिक संकलन हुने अपेक्षा गरिएको छ ।

सामुदायिक दन्त अस्पताल निर्माणका लागि सामाजिक क्षेत्रका बिभिन्न संघसंस्थाको सहयोग र सहकार्य हुने तथा आगामी दशैंका बेला शुभारम्भ गरिने छ । अस्पतालका लागि दीर्घकालिन योजनाका साथ रोटरी इन्टरनेशनलको पनि प्राविधिक र मेसिन उपकरणको सहयोग रहने छ ।

क्लबले अस्पताल निर्माणको अभियानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने छ भने सहयोग संकलन र त्यसलाई पारदर्शी बनाउने काममा आफूहरु केन्द्रित रहेको रोटरी क्लव अफ बुटवल चौतारीका सचिव सन्तोष केसीले बताए ।

रोटरी क्लबअफ बुटवल चौतारी रोटरी इन्टरनेशनल, रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान यही बर्ष बुटवलमा स्थापित क्लब हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment