Comments Add Comment

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

१२ माघ, काठमाडौं । ‘राष्ट्रका लागि परिवर्तन र परिवर्तन लागि इन्जिनियरिङ’ भन्ने नाराका साथ माघ १० गतेबाट सुरु भएको तीन दिने एघारौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा फोटोग्राफी, क्विज, टे्रजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर पि्रजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, ओलमपियाड गरी ९ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।

प्रर्दशनीमा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए ।

उक्त कार्यक्रम नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा आयोजना गरिएको थियो । कार्यक्रम सिभिल इन्जिनियर बिद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ्ग केन्दि्रय क्याम्पस पुल्चोकको आयोजनामा ३ दिनसम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment