News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेर ४ हजार ६६० रुपैयाँ कायम भएको छ।
२८ भदौ, काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ तथा चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेकोमा आज ४ हजार ६६० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4