
Photo Credit : अनलाइनखबर फाइल ।
१३ माघ, कैलाली । कैलालीमा फेरि ११ जना जुवाडेलाई पक्राउ परेका छन् । एक लाख ४७ हजार रुपैयाँसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
धनगढी उपमहानगरपालिका-३ विशालनगरस्थित तबोबन होटेलमा जुवातास खेलाइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष बस्नेतले जानकारी दिए ।
आइतबार राति मात्रै प्रहरीले धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट गोदावरीका एक वडाध्यक्षसहित १६ जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले २२ लाख ८२ हजार रुपैयाँसमेत बरामद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4