Comments Add Comment

बोनसदरबारेको समाचारप्रति एलआईसीको ध्यानाकर्षण

१३ माघ, काठमाडौं । एलआईसी (लाइफ इन्स्योरेन्स कर्पोरेशन) नेपालले प्रदान गर्दै आएको वर्तमान बोनसदर सन्दर्भमा केही कपोल्कल्पित एवं भ्रामक प्रचार भएको प्रति कम्पनीले ध्यानाकर्षण भएको छ । समाचारलाई भ्रामक भन्दै कम्पनीले यस्तो समाचार लेख बनाई प्रचार गर्नेलाई कानूनी प्रकृयामा लगिने कम्पनीले बताएको छ ।

‘हामी हाम्रा बीमित, शेयरधनी, ग्राहक , अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सचेत रहन र त्यस्तो भ्रामक प्रचारलाई विश्वास नगर्नर् आग्रह गर्दछौ,’  कम्पनीले विज्ञप्तिमा भनेको छ ।

एलआईसी नेपालले आब २०७४/७५ मा बीमितहरुका लागि घोषणा गरेको विद्यमान न्युनतम बोनसदर रु. ६६ प्रति हजारप्रति वर्ष हो । यो भन्नुको अर्थ बीमितले लिएको जुनसुकै बीमा पोलिसीमा बीमा अवधि ५ वर्ष भएता पनि बोनसदर रु. ६६ प्रति हजार प्रति वर्ष प्राप्त हुनेछ र बीमा अवधि अनुसार बोनसदर बढ्दोक्रममा प्रदान गरिएको छ ।

त्यसै गरी जीवन आस्था नामको बीमा योजनामा ५ बर्ष अवधिको पोलिसीलाई रु. ८५ प्रति हजार प्रति वर्ष सुनिश्चित लाभ प्रदान गरिएको छ । सवै कम्पनीहरुले बोनसदर हरेक वर्ष बीमकको मुनाफा अनुसार परिमार्जन गरी बीमा समितिबाट स्वीकृत गराई लागू गरेका हुन्छन् भने सुनिश्चित लाभ अपरिवर्तनिय प्रतिफल हो, जुन बीमा लिंदा तोकिएको छ सो पुरा अवधिसम्म लागू हुन्छ ।

बीमा समितिबाट स्वीकृत प्राप्त यी बोनस प्रतिफलको तथ्यलाई हाम्रा बीमित र सम्भावित ग्राहकहरुको जानकारीको लागि कम्पनीको वेभसाइटमा समेत राखिएका छन् ।

चालु आब २०७६/७७ को पुषमसान्तसम्ममा कम्पनीले करिब ७ अर्ब ६९ करोड कूल बीमाशुल्क आर्जन गर्दै करिव रु ६१ अर्ब ८४ करोड ५६ लाखको जीवन बीमा कोष बनाइएको छ ।

चालु आब २०७६/७७ को दोस्रो त्रैमासिक वित्तीय विवरण र सूचनाको हकसम्बन्धि विवरण सर्वसाधारणको जानकारीको लागि माघमहिना भित्र प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment