+
+
Shares

रूपन्देहीको रोहिणीमा ३ ट्रक जुधे, ३ जनाको मृत्यु, ९ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते ११:१६

१४ माघ, बुटवल । रूपन्देहीमा ३ वटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु१ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना२ख ८४८१ र ना५ख ७८५६ नम्बरको ट्रकमा मंगलबार बिहान ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले दुर्घटनाको पुष्टि गर्दै ३ जनाको घटनास्थलमै ज्यान गएको जनाएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । यीमध्ये ४ को अवस्था गम्भीर छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर केशव ज्ञवालीले जानकारी दिए ।

बाक्लो हुस्सु र कुहिरोले दुर्घटना भएको अनुमान गरिए पनि खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?