Comments Add Comment

हिरासतमा आत्महत्या प्रयास गरेका अभियुक्तको मृत्यु

१४ माघ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका अभियुक्तको मृत्यु भएको छ ।

लागूऔषध मुद्दामा हिरासतमा रहेका हेम राउतको मृत्यु भएको हो ।

उनी बानेश्वर, शंखमूललगायतका क्षेत्रमा चोरी गरेर पटकपटक पक्राउ परेका व्यक्ति हुन् । प्रहरी रेकर्डमा राउत तीन पटक धरौटीमा छुटेको देखिने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

बानेश्वरका प्रहरी प्रमुख दुर्गाराज रेग्मीका अनुसार राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए ।

‘हामीले देख्ने वित्तिकै तत्काल उद्दार गरेर सिभिल अस्पताल लग्यौं’, प्रहरी नायब उपरीक्षक (डीएसपी) रेग्मीले अनलाइनखबरसँग भने, ‘सिभिलबाट भेनस अस्पताल लगेका थियौं । यद्यपि, बचाउन सकिएन ।’

गएराति राउतको मृत्यु भएको चिकित्सकले घोषणा गरेको रेग्मीले बताए । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment