Comments Add Comment

सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

१४ माघ, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि अभिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोगमा सापकोटसहित माओवादी नेता कार्यकर्ताविरुद्ध उनकी श्रीमती पूर्णीमायाले उजुरी दिएकी थिइन् । यसमा अनुसन्धान गर्न यसअघि सर्वोच्चले दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिटमा सापकोटालाई सभामुख निर्वाचित नगर्न र पक्राउ गरी अनुसन्धान अगाडि बढाउन अन्तरिम आदेश माग गरिएको थियो ।

तर न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले अन्तरिम आदेश दिन मानेन । इजलासले रिट निवेदनको मागबमोजिम अन्तरिम आदेश किन जारी नगर्ने भनी विपक्षीहरुको नाममा कारण देखाउ आदेश भने दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment