Comments Add Comment

सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना

१५ माघ, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सांगि्रला एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।

योजना “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” अन्तर्गत न्यूनतम मौज्दात रु पाँच हजारबाट सुरु गर्न सकिनेछ ।

यस मुद्दती योजना अन्तर्गत ग्राहक महानुभावले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत ग्राहक महानुभावले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment