Comments Add Comment

१२ लाख अवैध भारुसहित भारतीय नागरिक पक्राउ

१५ माघ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट १२ लाख अवैध भारतीय रुपियाँ सहित एक जनालाई पक्राउ गरेको छ । भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ बर्षका सुभाष चन्द पक्राउ परेका हुन् ।

चन्दको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरका नोेट ६ सय थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र शाहीले जानकारी दिए ।

बा.६ च.७४४० नम्बरको कार रिजर्भ गरी रक्सौलबाट आएका चन्दलाई बुधबार दिउँसो वीरगञ्ज घण्टाघरमा प्रहरीले भारु सहित पक्राउ गरेको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment