Comments Add Comment

बैजनी रंग खानेकुरा स्वास्थ्यका लागि कति फाइदाजनक ?

प्रकृतिमा विभिन्न रंगका सागसब्जी, अन्नबाली उत्पादन हुन्छन् । खानेकुराको रंगले त्यसमा रहेको पोषक तत्वलाई दर्शाउँछ भने उत्तिकै स्वास्थ्य-लाभ पनि मिल्छ । जस्तो कि, बजैनी रंगको खानेकुरा ।

बैजनी रंगको खाना केवल देख्दा मात्र सुन्दर र आकर्षक हुने होइन, त्यसले स्वास्थ्यका लागि पनि फाइदाजनक छ । बैजनी रंग एन्थोसियानिन नामक एन्टि-अक्सिटन्डहरुका कारण हुन्छ, जुन एक प्रकारको फाइटोन्यूटि्रएन्ट हो ।

बैजनी रंगका खाद्य पदार्थले कोशिकाहरु क्षति हुनबाट रोक्छ । रोगहरुलाई शरीरमा प्रवेश गर्नबाट रोक्छ र एन्टि-एजिङ एजेन्टको रुपमा काम गर्छ । त्यसैले तपाईंले आफ्नो भोजनमा बैजनी रंगका खाद्य पदार्थहरु समावेश गर्नु आवश्यक छ । कुन-कुन खाद्य पदार्थ बैजनी रंगका हुन्छन् भन्ने बारेमा केही जानकारीहरु :

आलु बखडा (प्लम)

आलु बखडामा क्यालोरी एकदम थोरै हुन्छ, तर त्यसमा भिटामिन ए, सी, के र पोटाशियम र फाइबर पर्याप्त मात्रामा पाइन्छ । करिप १५ ग्राम आलु बखडामा १०० ग्राम फाइबर पाइन्छ । त्यसले हड्डीहरुलाई बलियो बनाउनुको साथै रगतमा शुगरको स्तर र टाइप-२ डायबिटीजलाई नियन्त्रण राख्न सहयोग पुर्‍याउँछ । कब्जियतको समस्याबाट ग्रसित हुनु हुन्छ भने आलु बखडालाई सुकाएर सेवन गर्नु पर्छ । यसले तपाईको पाचन प्रणालीलाई ठीक गर्न सहयोग गर्छ ।

भान्टा

यसलाई बि्रन्जल बाहेक एगप्लान्ट र एबर्जीन नामले पनि चिनिन्छ । भान्टामा पोटाशियम, म्याग्नेशियम, क्याल्शियम, प्रोटीन,आइरन र भिटामिनहरु पर्याप्त मात्रामा पाइन्छ । १०० ग्राम भन्टामा करिव २४ मात्रामा क्यालोरी हुन्छ । यसबाहेक यसले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउनुको साथै वजन कम गर्नुको साथै रगतको कमीबाट पनि राहत प्रदान गर्छ ।

बैजनी बन्दाकोबी

यो तरकारीलाई रेड अथवा ब्लू क्याबेज पनि भनिन्छ । भिटामिन र फ्लेवोनइडले भरिपूर्ण यो तरकारीले शरीर सुनिन्नबाट पनि रोक्छ । पेट सम्बन्धि समस्या र अर्थराइटिस जस्तो समस्याहरुबाट बचाउने काम गर्छ । यसलाई सलाद र सूपका बनाउनका लागि प्रयोग गर्न सकिन्छ । यसलाई काचै पनि खान सकिन्छ ।

ब्ल्याकबेरी

ब्ल्याकबेरीमा क्यालोरी अति नै थोरै र भिटामिन सी भरपूर मात्रामा हुन्छ, जसलाई तपाइर्ं दिनहुँ एक कचौरा सेवन गर्न सक्नु हुन्छ । भिटामिन के र म्याग्नीसियम भरपूर ब्ल्याकबेरीले स्मरणशक्ति बढाउनुको साथै शरीरको बाहिरी अंगहरुको रक्षा गर्छ ।

चुकन्दर

एन्टि-अक्सिडेन्ट, भिटामिन र मिनरलहरुले भरिपूर्ण चुकन्दर पेट र मुटुको स्वास्थका लागि अति नै फाइदाजनक छ । यसमा म्याग्नेशियम, सोडियम,म्याग्नीज,पोटाशियम र भिटामिन सी जस्तो पोषक तत्वहरु पाइन्छ । चुकन्दर बिटेनिनको प्रमुख स्रोत हो,जसले रक्तचापलाई नियन्त्रित गर्नुको साथै मुटु सम्बन्धि रोगहरुबाट बचाउँछ  ।

यसले मुटुलाई स्वास्थ बनाइराख्न सहयोग गर्छ । यसमा एन्टि-इन्फ्लेमेटरी गुण पनि पाइन्छ । बेटेनिनले मदिरा सेवन गर्दा हुने रोगहरु, प्रोटीनको कमी र मधुमेहबाट बचाउँछ । यसले रातो रक्त कोशिकाहरुको मात्रा बढाउँछ, जसले हेमोग्लोबिन सन्तुलित रहन्छ र शरीरको सबै भागहरुमा सामान्य रुपले अक्सिजन प्रवाह गर्छ ।

यदि तपाईंलाई यी मध्ये कुनै पनि खाध्य पदार्थ सेवन गर्दा एलर्जी भयो भने डाक्टरको सल्लाह लिनु अति नै आवश्यक हुन्छ । डाक्टरले दिएको सल्लाह अनुसार नै यस्तो खाद्य पदार्थको सेवन गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment