+
+
Shares

संसदलाई जीवन्त राख्न प्रयास गर्छु : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते १७:१६

१६ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘सबै कुराको सुरुवात हुने थलो भनेको संसद नै हो । यसलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ’ बिहीबार संसदीय मामिला पत्रकार समाजले सिंहदरबारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले भने ।

सदनलाई जीवन्त बनाउनका लागि सबै पक्षसँग छलफल र संवाद गरेर जाने उनले बताए । ‘ज्ञानको केन्द्रीकरण सामूहिकतामा हुन्छ । सबैसित अन्तर्क्रिया छलफल गर्छु’ सापकोटाले भने ।

डबल स्टयान्डर्ड मन पर्दैन

सभामुख सापकोटाले आफूलाई डवल स्ट्याण्डर्ड (दोहोरो चरित्र) मन नपर्ने पनि बताए ।

१५ बर्षको अध्यापन, जनयुद्धमा सहभागी र त्यसपछिको १२ बर्ष खुला राजनीतिमा पार्टी प्रवक्ताको जिम्मेवारी लगायतको भूमिका निर्वाह गरेको भन्दै उनले आफ्नो जीवन खुला किताबजस्तो भएको बताए ।

कार्यक्रममा संसदीय पत्रकारले लवि रिपोर्टिङको व्यवस्थाको माग गरे । जवाफमा सभामुख सापकोटाले त्यसबारे छलफल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?