Comments Add Comment

पूजा र आकाशको ‘मन परेसी’को शुभसाइत

चलचित्र ‘मन परेसी’को शुभसाइत सम्पन्न भएको छ । श्रीपञ्चमीको अवसर पारेर यो चलचित्रको शुभसाइत काठमाण्डौको भद्रकाली मन्दिरमा गरिएको हो । चलचित्रमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मुख्य भूमिका छ । पूजा र आकाशले पाँचौ पटक एकसाथ चलचित्रमा पर्दा शेयर गर्न लागेका हुन् ।

चलचित्रमा यी दुइको साथमा कलाकार रविनद्र झा, नव–अनुहार मोनालिसा खतिवडाको अभिनय रहनेछ । रघु परियारको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रमा रुपेश थिङ्ग तामाङ्गको लेखन तथा निर्देशन रहनेछ । यो चलचित्रलाई करण श्रेष्ठले वितरण गर्नेछन् ।

मन्दिरमा एकसाथ पुगेका पूजा र आकाशले स्क्रिप्टको पूजा गर्दै चलचित्रको सफलताको कामना गरेका थिए । अमृत थिङ्ग तामाङ कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा दिनेश शाही र चक्र पाख्रिन तामाङ निर्माताको रुपमा छन् । यस्तै, चलचित्रमा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ती सह–निर्मातामा छन् ।

चलचित्रमा अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने र श्रीकृष्ण वर्देवाको संगीत रहनेछ । लभ स्टोरी तथा एक्सन जनरामा निर्माण हुन लागेको चलचित्रको छायांकन आइतबारबाट सुरु हुनेछ । नायिका पूजा शर्माले कथाले मन छोएपछि आफूले काम गर्न लागेको जानकारी दिइन् ।

यो चलचित्रलाई आउँदो बर्षको तीजमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment