Comments Add Comment

बुटवलमा नवौं सूचना प्रविधि मेला सुरु

१७ माघ, बुटवल । बुटवलमा नवौं संस्करणको सूचना तथा संचार प्रविधि प्रदर्शनी मेला (क्यान इन्फोटेक) सुरु भएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रुपन्देहीको आयोजनामा बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा सञ्चालित मेलाको प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।

मेलाको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशको विकास र समृद्धिमा सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले यससँग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्रको ध्यान जानुपर्ने बताए । सूचना प्रविधिमा नयाँ नयाँ आविष्कार गरेर नै विश्वका थुप्रै मुलुकहरु विकसित र समृद्ध भएको औंल्याउँदै मन्त्री बरालले प्रदेश सरकार यस क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका केन्द्रीय अध्यक्ष नवराज कुंवरले सूचना प्रविधि क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने खाँचो औंल्याए । सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उतपदन, नयाँ खोज र अनुसन्धानमा क्यान महासंघ तीनै तहका सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको कुंवरले बताए ।

मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका १ सय १० स्टलहरुको सहभागिता रहेको क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले जानकारी दिए ।

मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment