Comments Add Comment

लुम्बिनी खुकुरी क्लब रुपन्देही सुपर लिगको फाइनलमा

१७ माघ, बुटवल । लुम्बिनी खुकुरी क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सिद्धार्थ रंगशालामा शुक्रबार सम्पन्न खेलमा विजयी भएसँगै लुम्बिनी खुकुरी फाइनलमा प्रवेश गरेको हो । जितगढी क्रिकेट क्लब बुटवललाई ९ विकेटले पराजित गर्दै गत वर्षको सुपर लिगको विजेता लुम्बिनी खुकुरी फाइनलमा पुगेको हो ।

निर्धारित ५० ओभरको खेलमा टस जितेर व्याटिङ गरेको जितगढीले २९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६२ रनको योगफल बनाएको थियो । उसका लागि सन्दीप सुनारले १० र देव खनालले ८ रनको योगदान गरे ।

बलिङमा लुम्बिनी खुकुरीका अजय लोनियाले ४, लालबहादुर अधिकारीले ३, धिरज शाहीले २ र दुर्गेश गुप्ताले १ विकेट लिए ।

जवाफमा लुम्बिनी खुकुरीले १२ ओभरमा १ विकेट गुमाउँदै ६६ रन बनायो । उसका लागि प्रज्जवल थापाले ३५ (नटआउट) र शंकर रानाले ११ रनको योगदान गरे । बलिङमा जितगढीका रसिद खानले १ विकेट लिए ।

खेलमा लुम्बिनी खुकुरीका अजय लोनिया म्यान अफ द म्याच घोषित भए ।

शनिबार दोस्रो सेमिफाइनल खेल न्यू होराइजन क्रिकेट क्लब बुटवल तथा बुटवल-११ बीच हुनेछ ।

माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५/५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment