Comments Add Comment

मौद्रिक नीतिको समीक्षा गर्न सुझाव लिँदै राष्ट्र बैंक

१९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि ल्याइएको मौद्रिक  नीतिको अर्धवार्षिक समीक्षाका लागि सरोकारवालाको सुझाव आगामी बुधबार लिने भएको छ । बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका संघ-संगठन लगायतका क्षेत्रहरुसँग राष्ट्र बैंकले आगामी बुधबार सुझाव लिने भएको हो ।

वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघ, अटो व्यवसायीहरुको संगठन नाडा अटो मोवाइल एशोसिएसन लगायतका संस्थाहरुले विद्यमान व्यवस्था संशोधन गर्न आग्रह गरेकाले मौद्रिक नीतिको समीक्षालाई यस पटक विशेष चासोले हरिएको छ ।

हरेक वर्ष केन्द्रीय बैंकले सरोकारवालाहरुको सझुाव समेटेर मौदि्रक नीति तयार पार्नुका साथै त्रैमासिक रुपमा समीक्षा समेत गर्ने गरेको छ । सोहि संस्कारलाई निरन्तरता दिँदै राष्ट्र बैंकले आगामी बुधबार सरोकारवालाहरुलाई एकै ठाउँ राखेर सुझाव लिन लागिएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए ।

अटो व्यवसायीहरुले सवारी साधनमा बैंकहरुले दिने कर्जाको सीमा बढाउन माग गरेका छन् । हाल ५० प्रतिशत ऋण पाइने व्यवस्थाका कारण सवारी साधन बिक्रीमा ह्रास आएको भन्दै यसलाई कम्तिमा पनि ६५ प्रतिशत पुर्याउन व्यवसायीहरुले माग गरेका छन् ।

उता बैंकर्स संघले चालु आर्थिक वर्षदेखि नै लागू गरिएको पुँजीको २५ प्रतिशत डिबेन्चर निश्काशन गर्नै पर्ने व्यवस्थालाई संशोधन गरी स्वेच्छिक बनाउन माग गरेका छन् । सहुलियत कर्जामा सरलता खोज्नुका साथै बैंकहरुले कर्जा तथा निक्षेपको ब्याजदर बीचको अन्तर (स्प्रेड रेट) पनि कम भएको बताएका छन् ।

यी विषयमा संघले लिखित रुपमै माग परा गराउन राष्ट्र बैंकमा पत्राचार गरिसकेको छ । तर, यस विषयमा राष्ट्र बैंकमा छलफल भने भएको छैन । आगामी बुधबार औपचारिक कार्यक्रम नै गरेर सझुाव लिने र त्यसपछि छलफल गरेर समीक्षामा समावेश हुने राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment