+
+
Shares

संखुवासभामा प्रशिक्षण दिँदै गर्दा मृत्यु   

रासस रासस
२०७६ माघ २० गते १९:१४

२० माघ, संखुवासभा । सुआहारा गैरसरकारी संस्थामा कार्यरत ‘वास’ का क्षेत्रीय संयोजक आलोकचन्द्र न्यौपानेको आइतबार साँझ प्रशिक्षण दिइरहेको बेला आकस्मिक रुपमा बेहोस भई ढल्दा मृत्यु भएको छ । एकीकृत पोषण तथा स्वास्थ्य कार्यक्रमको समीक्षा तथा दिगोपनासम्बन्धी चैनपुर नगरस्तरीय कार्यशाला गोष्ठी चलिरहेको बेला मुटुरोगद्वारा पीडित न्यौपानेको मृत्यु भएको हो ।

चैनपुर नगरपालिकाद्वारा सञ्चालित कार्यशालामा प्रशिक्षण दिने क्रममा बेहोस बनेका ४९ वर्षीय न्यौपानेलाई उपचारका लागि नजीकको स्वास्थ्य केन्द्र हेल्पिङ ह्यान्ड्समा लैजाँदै गर्दा साँझ ६:४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

गोष्ठीमा नगर प्रमुख भरतकुमार खत्रीसहित ११ वडाका अध्यक्षहरु, नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा कार्यरत कार्यालय प्रमुख तथा प्रतिनिधिहरु र स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता रहेको थियो । मृतक न्यौपानेको शव सोमबार उनको भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–३ मा रहेको घर पठाइएको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?