Comments Add Comment

मादी नगरकपको उपाधि फेयर फुटबल क्लबलाई

२० माघ, काठमाडौं । चौथो मादी नगरकप फुटबलको उपाधि फेयर फुटबल क्लव धरानले जितेको छ । फाइनलमा संखुवासभाको मिर्मिरे युवा क्लब तामाफोकलाई २-१ ले पराजित गर्दै धरान च्याम्पियन बनेको हो ।

हाङथुम् क्लबको खेलमैदान मादी मुलखर्कमा भएको खेलमा धरानलाई जिताउन मिलन राई र साजन राईले गोल गरे । खेलको ३८ औं मिनेटमा मिलनले धरानलाई अग्रता दिलाए । यस्तै धरानले ६८ औं मिनेटमा साजन राइको गोलमार्फत अग्रता दोब्बर पार्यो । ७२ औं मिनेटमा मिर्मिरेका तिर्थ तामाङले सान्त्वना गोल फर्काए ।

च्याम्पियन धरानले १ लाख १५ हजार प्राप्त गर्‍यो । उपविजेता बनेको मिर्मिरेले ७५ हजारमा चित्त बुझायो ।

धरानका मिलन प्रतियोगिताको उत्कृष्ट खेलाडी बने भने मिर्मिरेका प्रदिप जिमी उत्कृष्ट गोलरक्षक बने । यस्तै मिर्मिरेका अनिल जिमी सर्वाधिक गोलकर्ता बने । बेस्ट डिफेन्डर धरानका रमेश राजवंशी बने भने धरानकै असिम राई उत्कृष्ट मिडफिल्डर बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment