Comments Add Comment

मर्न पाऊँ भन्दै १० हजार जनताले गरे सरकारसँग याचना

दुनियाँमा सायद सबै मानिसको इच्छा हुन्छ धेरैभन्दा धेरै वर्ष बाँच्ने । मानिसले बाँच्नकै लागि अनेक गर्छ ।

तर दुनियाँमा एउटा यस्तो देश छ, जहाँका एक–दुई होइन, १० हजार जना मानिसले मर्न पाऊँ भनेर सरकारसँग हारगुहार गरिरहेका छन् ।

१० हजार जनताले इच्छामृत्युको माग गरिरहेको देश हो, नेदरल्याण्ड ।

नेदरल्याण्डका स्वास्थ्य मन्त्रीले संसदमा बोल्ने क्रममा यस्तो खुलासा गरेका हुन् । एक रिपोर्ट उद्धृत गर्दै स्वास्थ्यमन्त्री ह्युगो डी जोंगले इच्छामृत्युका लागि १० हजार जनताले सरकारसँग याचना गरिरहेको बताए ।
त्यसरी इच्छामृत्युको माग गर्ने सबैजसो ५५ वर्ष माथिका छन् । सबै गम्भीर रोगबाट ग्रसित छन् । त्यसैले उनीहरू मर्न चाहन्छन् ।

अनौठो त के भने नेदरल्याण्डमा त्यसरी मर्न चाहने मानिसहरूको संख्या कुल जनसंख्याको ०.१८ प्रतिशत रहेको छ ।

स्वास्थ्यमन्त्रीले त्यतिठूलो संख्याका मानिसहरूले इच्छामृत्युको याचना गरिरहेको घटना निकै गम्भीर रहेको बताएका छन् । ती मानिसहरू किन आफ्नो जीवनबाट दिक्क भए ? भन्ने कुराको खोजी गर्नुपर्ने र उनीहरूलाई जीवनको सही अर्थ खोज्न तथा बाँच्नका लागि प्रेरित गर्नुपर्ने मन्त्रीको भनाइ छ ।

नेदरल्याण्डका विपक्षी पार्टीहरूले समेत ७५ वर्षमाथिका मानिसहरूलाई इच्छामृत्युको अधिकार दिइनुपर्ने माग गर्दै आएका छन् । यसले असाध्य रोग लागेका तथा जीर्ण अवस्थामा पुगेका वृद्धवृद्धाहरूलाई शान्तिपूर्ण तथा गरीमापूर्ण तरिकारले आफ्नो जीवनको अन्त्य गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment