Comments Add Comment

छालाको क्यान्सर, यस्ता छन् संकेत

भनिन्छ, लामो समय घामको रापमा बस्दा छालाको क्यान्सर हुने संभावना बढ्छ । जुन व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, उनीहरुमा घामबाट आउने अल्ट्रा भ्वाइलेट किरणले छालाको क्यान्सर हुन सक्छ ।

दुई प्रकारको क्यान्सर

छालाको क्यान्सर दुई प्रकारको हुन्छ, मेलेनोमा र नन मेलोनोमा । मेलेनोमा क्यान्सर छालाको बाहिरी भागमा देखिन्छ । त्यही कारण यसको उपचार गर्न सजिलो हुन्छ । सूर्यको किरणको कारण यो अनुहार, कम्मर, कान, ओंठमा उत्पन्न हुन सक्छ ।

सुरुमै पहिचान भए उपचार संभव

क्यान्सर डरलाग्दो एवं घातक रोग हो । तर, यो त्यसबेला मात्र घातक हुन्छ, जब यसलाई वेवास्ता गरिन्छ । सुरुवाती चरणमै क्यान्सरको संकेत थाहा पाइयो भने उपचार संभव हुन्छ । त्यसैले क्यान्सर छ/छैन भन्ने कुरा जाँच्नुपर्छ ।

कसरी जाँच्ने ?

छालाको क्यान्सरको संकेत थाहा पाउन चिकित्सककाहाँ पुगिरहनु पर्दैन, आफैले पहिचान गर्न सकिन्छ । हरेक दुई महिनामा आफ्नो छालाको निरीक्षण गर्नुहोस्, शीरदेखि पाउसम्म । मुख, नाख, टाउको, हात, कान, नितम्ब आदिलाई ऐनाको साहाराले नियाल्नुहोस् । छालालाई राम्ररी जाँच्नुहोस्, खासरगी तिलमा । यसले क्यान्सरको बारेमा थाहा हुनसक्छ ।

कस्तो हुन्छ लक्षण ?

–     छालामा असामान्य प्रकारको गाँठो

–     अनुहारमा अनेक किसिमको मूसा पलाउनु

–     अलग किसिम एवं रंगको मूसा देखिनु ।

–     छालाको तिलको रुपरंग बदलिनु ।

–     छालामा चार हप्ताभन्दा बढी समय दाग-धब्बा रहनु ।

–     -छालामा कुनै दुखाई नहुने तिल वा गाँठो आउनु ।

यस्ता सबै संकेतले छालाको क्यान्सर नै हो भन्ने हुँदैन । यद्यपी कतिपय अवस्थामा यस्ता संकेतले क्यान्सर भएको जनाउ दिन्छ ।

कसरी जोगिने ?

१. संभावित छालाको क्यान्सरबाट जागिन स्वस्थ्य जीवनशैली अपनाउनु पर्छ ।

२. घामको सोझो किरणको सम्पर्कमा बस्नु हुँदैन । उच्च गुणस्तरको सन प्रोटेक्सन क्रिम प्रयोग गर्नुपर्छ ।

३.  हानिकारण किरण जस्तो युभिए र एभिबि रेडिएशनबाट सुरक्षित रहनुपर्छ ।

४. पुरा शरीर ढाक्ने लुगा लगाउने ।

५. स्वस्थ्य आहार लिने ।

६. चुरोटको सेवन नगर्ने ।

७. आफ्नो शरीरको तौल नियन्त्रित राख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment