+

इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने

२०८२ कात्तिक  २९ गते ११:४९ २०८२ कात्तिक २९ गते ११:४९
इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्।
  • पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जनाएको हो।
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ।

२८ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका ब्याटर जेसन रोयले पोखरा एभेन्जर्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

पोखराले शनिबार सामाजिक सञ्जालमार्फत रोयलाई अनुबन्ध गरेको जनाएको हो । ३५ वर्षीय रोय दाँयाहाते ओपनिङ ब्याटर हुन् ।

रोयले इंग्ल्यान्डका लागि ६४ टी-२०आई खेल्दा १५२२ रन बनाएका छन् । समग्र टी२० मा रोयले ४१२ खेल खेल्दा १० हजार भन्दा बढी रन बनाएका छन् ।

उनले इंग्ल्यान्डको भाइटालिटी ब्लास्टसँगै भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल लगायत विश्वका अधिकांश फ्रेन्चाइज लिगमा खेलेका छन् ।

सबैभन्दा सफल  भने भाइटालिटी ब्लास्टमा छन् जहाँ १४६ खेल खेल्दा ४१९८ रन बनाएका छन् ।

पोखराले यसअघि न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमलाई अनुबन्ध गर्दा गत संस्करणका बार्बडियन अलराउन्डर रेमन रेइफरलाई यसपटक पनि निरन्तरता दिएको छ । त्यस्तै इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेटलाई अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो ।

यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

जेसन रोय पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय