+
+
Shares

ट्रम्पले भने-प्यानोरामा एडिटमा बीबीसीविरूद्ध मुद्दा हाल्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २९ गते ८:४१

२९ कात्तिक, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीले प्यानोरामा एडिट मामिलामा माफी मागेपछि पनि कानुनी प्रक्रियामा जाने भएका छन् ।

शुक्रबार बेलुका पत्रकारहरूसँगको कुराकानीमा उनले अर्को साता बीबीसीविरूद्ध एक अर्बदेखि पाँच अर्ब डलरसम्मको मुद्दा दायर गरिने बताएका छन् । यस विषयमा हप्तान्तमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग कुरा गर्ने ट्रम्पको तयारी छ ।

शुक्रबार बीबीसीले बयान जारी गर्दै ६ जनवरी २०२१ को भाषण सम्पादन (एडिट) बाट ट्रम्पले हिंस्रक कारबाहीका लागि अपिल गरेको गलत धारणा बनेको प्रतिक्रिया दिएका थियो ।

बीबीसीले माफी माग्दै संस्थाले कुनै पनि वित्तीय मुआब्जा नदिने पनि प्रष्टीकरण दिएका थियो ।

यसै साताको सुरूवातमा ट्रम्पका वकिलहरूले बीबीसीलेमाफी मागेर मुआब्जा नदिए एक अर्ब डलर बराबरको क्षतिपूर्तिका लागि मुद्दा दायर गर्ने चेतावनी दिएका थिए ।

त्यसपछि गत साता बीबीसीका डाइरेक्टर जनरल टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिनुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?