Comments Add Comment

झापामा जलेको अवस्थामा शव भेटियो

प्रहरी कुकुर घटनास्थलमा ल्याइँदै

२१ माघ, झापा । झापाको बिर्तामोड नगरपालिका, चारपानेमा जलेको अवस्थामा शव भेटिएको छ ।

अपराधस्थल नजिकै बस्ने एक पुरुष हराइरहेकाले प्रहरीले उनकै शव हुनसक्ने आशंका गरेको छ ।

यद्यपि, पुष्टि भइनसकेकाले परिचय खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार हराइरहेका व्यक्ति सामान्य मजदूरीको काम गर्थें ।

घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट विशेषज्ञ कुकुर मगाएको छ । ‘केहीवेरमा तालिम प्राप्त कुकुर पनि त्यहाँ आइपुग्छ, अनि विस्तृत कुरा खुल्ला’, कोइरालाले अनलाइनखबरसँग भने ।

प्रारम्भिक अनुसन्धानमा उनलाई हत्यापछि जलाइएको हुनसक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment