+
+
Shares

हराएको मोबाइलले खुल्यो अजिता हत्याकाे पोल, ५ सार्वजनिक

राजन दाहाल राजन दाहाल
२०७६ माघ २१ गते ११:१२

२१ माघ, हेटौंडा । हेटौंडा–११ कि अजिता भुजेलको हत्यामा संलग्न ५ आरोपी प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ५ आरोपी प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ कि २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा छन् । घटनामा संलग्न भनिएका २ जना भने अझै फरार छन् ।

अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोवाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।

यही माघ ४ गते बिहान हेटौंडा उपमहानगरपालिका–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार, यौन सम्पर्कपश्चात् पैसाको विषयमा कुरा नमिल्दा भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको छ ।

प्रहरीका अनुसार अजिताको हत्यापछि शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?