+

४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता वैशाख ३० गतेदेखि

२०८३ वैशाख  २५ गते २२:५४ २०८३ वैशाख २५ गते २२:५४
४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता वैशाख ३० गतेदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ब्याडमिन्टन संघले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता वैशाख ३० देखि जेठ २ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना गर्ने जनाएको छ।
  • प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका करिब १२० खेलाडी पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स्ड डबल्समा प्रतिस्पर्धा गर्नेछन्।
  • संघले प्रत्येक टोलीका लागि ७ पुरुष र ५ महिला गरी १२ खेलाडीको कोटा निर्धारण गरी नामावली २०७८ वैशाख २७ भित्र पेस गर्न अनुरोध गरेको छ।

२५ वैशाख, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता वैशाख ३० गतेदेखि हुने भएको छ ।

ब्याडमिन्टन संघले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै संघको वार्षिक कार्ययोजना अनुसार ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही वैशाख ३० देखि जेठ २ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने जनाएको छ ।

यसअघि वैशाख २९ गतेदेखि आयोजना हुने भनिएपनि पूर्व निर्धारित लालिकामा केही परिमार्जन गरिएको संघले जनाएको छ ।

देशकै प्रमुख राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको रुपयमा रहेको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) का खेलाडीहरु सहभागि हुनेछन् ।

प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स तथा मिक्स्ड डबल्स गरी पाँच विधा समावेश छ । जसमा देशका १२० उत्कृष्ट खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर उच्च बनाउने तथा छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी राख्ने उद्देश्यले प्रत्येक प्रदेश तथा विभागीय टोलीका लागि ७ पुरुष र ५ महिला गरी कुल १२ खेलाडीको कोटा निर्धारण गरिएको छ । प्रत्येक टोलीमा एक प्रशिक्षक र एक व्यवस्थापक अनिवार्य गरिएको छ ।

प्रतियोगितामा सहभागी खेलाडीहरूको नामावली, प्रदेश तथा जिल्ला ब्याडमिन्टन संघको आधिकारिक पत्रसहित २०८३ वैशाख २७ गतेभित्र संघको कार्यालयमा पेस संघले सम्बन्धित निकायहरूलाई अनुरोध गरेको छ ।

यस प्रतियोगिताबाट राष्ट्रिय स्तरमा ब्याडमिन्टन खेलको गुणस्तर अभिवृद्धि गर्ने, उदीयमान तथा प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने संघको लक्ष्य रहेको छ । यस्तै प्रदेशस्तरदेखि नै ब्याडमिन्टन खेलको व्यावसायिक संरचना सुदृढ बनाउने लक्ष्य राखिएको संघले जनाएको छ ।

प्रतियोगिताको सफल सञ्चालनका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्राविधिक व्यवस्थापन, खेलाडी सुरक्षा, प्रतियोगिता सञ्चालन प्रणाली तथा मिडिया प्रवर्द्धनमा विशेष ध्यान दिइएको संघले जनाएको छ ।

 

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय