+

अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित

२०८३ वैशाख  २५ गते १७:२० २०८३ वैशाख २५ गते १७:२०
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ‘ए’ले अमेरिकासँगको अभ्यास खेलमा ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
  • नेपालका लागि मायन यादवले ८० बलमा ७२ रन बनाए भने अमेरिकाका ओपनर स्मित पटेलले १०८ बलमा ११६ रन बनाए ।
  • नेपाल ‘ए’ले बिहीबार स्कटल्यान्डलाई पराजित गरेको थियो ।

२५ वैशाख, काठमाडौं । अमेरिकासँगको अभ्यास खेलमा नेपाल ‘ए’ ले रोमाञ्चक जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपाल ‘ए’का लागि मायन यादवले सर्वाधिक ७२ रन बनाए । उनले ८० बलमा ४ चौका र २ छक्का प्रहार गरे । तिर्थ दास २३, अनिलकुमार यादव २७, देव खनाल १७, सन्दीप जोरा ३७, कुशल मल्ल ३३ र बसिर अहमद १८ रनमा आउट भए । पवन सर्राफ २४ र दीपक डुम्रे २ रनमा अविजित रहे ।

बलिङमा अमेरिकाका लागि मिलिन्द कुमारले २, सञ्जय कृष्णमूर्ति, हर्मित सिंह, रुशिल उगर्कर, नोस्थुस केन्जिग र शौरभ नेत्रवल्करले एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले १०८ बलमा ११६ रन बनाए । जसदीप सिंह ३३ तथा हर्मीत सिंह २५ रनमा नटआउट रहे । कप्तान मोनांक पटेलले २० रन बनाए ।

नेपाल ‘ए’का लागि पवन सर्राफले २ विकेट लिँदा शाहब आलम, बिपिन खत्री, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले एकएक विकेट लिए । नेपाल ‘ए’ले यसअघि बिहीबार स्कटल्यान्डलाई पराजित गरेको थियो ।

नेपाल ए टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय