२५ वैशाख, काठमाडौं । कोलमब्यन पप स्टार साकिराले फिफा विश्वकप २०२६ को लागि आफ्नो गीत ‘दाइ दाइ’ सार्वजनिक गरेकी छिन् ।
नाइजेरियन गायक बुर्ना बोइ सँगको सहकार्यमा ४९ वर्षीय साकिराले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् ।
आउने जुन ११ देखि जुलाई १९ सम्म उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा फिफा विश्वकप आयोजना हुँदैछ ।
साकिराले ब्राजिलको माराकाना स्टेडियममा छायाँकन गरिएको उक्त गीतको एक मिनेट भिडियो इन्स्टाग्राममा सार्वजनिक गरेकी हुन् । उक्त गीत मे १४ मा सार्वजनिक हुनेछ ।
साकिराले दोस्रो पटक फिफा विश्वकपमा आफ्नो आफिसियल एन्थम सार्वजनिक गरेकी हुन् । यसअघि उनले सन् २०१० मा वाका वाका गीत सार्वजनिक गरेकी थिइन् । जुन नकै चर्चित भएको थियो ।
यस्तै उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा थेम्ड संग सार्वजनिक गरेकी थिइन् भने रियो दि जेनेरियोमा क्लोजिङ समारोहमा आफ्नो प्रस्तुती दिएकी थिइन् ।
साकिराले सन् २००६ मा जर्मनीमा भएको विश्वकपको क्लोजिङ सेरेमोनीमा हिप्स डन्ट लाइ गीत गाएकी थिइन् । साकिराको देश कोलम्बियाले पनि जुन ११ देखि सुरु हुने ४८ टिम सम्मिलित विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4