+

एस्टन भिल्ला र फ्रेइवर्ग युरोपा लिगको फाइनलमा

२०८३ वैशाख  २५ गते ८:३१ २०८३ वैशाख २५ गते ८:३१
एस्टन भिल्ला र फ्रेइवर्ग युरोपा लिगको फाइनलमा

२५ वैशाख, काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्ला र जर्मन क्लब फ्रेइवर्ग युरोपको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता युरोपा लिगको उपाधिका लागि भिड्ने भएका छन् ।

बिहीबार राति भएको खेलमा इङ्लिस प्रतिस्पर्धी नटिंघम फरेस्टलाई ४-० ले पराजित गर्दै एस्टन भिल्लाले फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा फरेस्ट १-० ले विजयी भएको थियो । तर भिल्लाले दोस्रो लेगमा पुनरागमन जित निकाल्दै समग्रमा ४-१ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।

एष्टन भिल्लाको जितमा जन म्याकगिनले दुई गोल गर्दा ओली वाट्किन्स र इमिलियानो बुउन्डियाले समान एक गोल गरे ।

यस्तै अर्को सेमिफाइनलमा फ्रेइवर्गले पनि दोस्रो लेगमा एससी ब्रागालाई ३-१ ले पराजित गर्दै समग्रमा ४-३ को जित हासिल गरेको हो । पहिलो लेगमा ब्रागाले २-१ को अग्रता लिएपनि जोगाउन सकेन ।

अब एस्टन भिल्ला र ब्रागाबीच मे २१ मा टर्किएको इस्तानबुलस्थित बेसिकटास स्टेडियममा हुनेछ ।

युरोपा लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय