+

नेपाल पुलिस क्लब कोहलपुर गोल्डकप फुटबलको फाइनलमा

२०८३ वैशाख  २४ गते २२:५४ २०८३ वैशाख २४ गते २२:५४
नेपाल पुलिस क्लब कोहलपुर गोल्डकप फुटबलको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले कोहलपुर गोल्डकप फुटबलको सेमिफाइनलमा रोयल फुटबल क्लब कर्णालीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
  • कोहलपुर रेसिङ सहारा क्लबले पहिलो सेमिफाइनलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई पराजित गरी फाइनलमा स्थान बनाएको छ।
  • वैशाख २६ गते कोहलपुर रेसिङ सहारा क्लब र नेपाल पुलिस क्लबबीच कोहलपुर गोल्डकपको फाइनल खेल हुनेछ र विजेताले आठ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

२४ वैशाख, बाँके । विभागीय टोली नेपाल पुलिस क्लब चौथो कोहलपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णालीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो ।

निकै रोमाञ्चक खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन सकेन । कोहलपुर गोल्डकपको जारी संस्करणमा कुनैपनि खेलको पेनाल्टीमार्फत नतिजा निकालेको यो नै पहिलो खेल हो ।

पेनाल्टीमा जित हासिल गर्दै नेपाल पुलिस क्लबले फाइनलमा आयोजक कोहलपुर रेसिङ सहारा क्लब कोहलपुरसँगको भेट पक्का गरेको हो ।

पेनाल्टीमा नेपाल पुलिस क्लबका पाँचैजना खेलाडीले गोल गरे । पुलिस क्लबका लागि पेनाल्टीमा कप्तान राम बगाले, अनिल टमाटा,सञ्जिव लामा, हेमन्त श्रेष्ठ र सुजन मगरले गोल गरे ।

कर्णालीका लागि करण शाही, दिवश विसी र बिक्रम अलीले गोल गर्दा कप्तान सुदन विश्वकर्माले गोल गर्न सकेनन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई पराजित गर्दै आयोजक कोहलपुर रेसिङ सहारा क्लब कोहलपुर गोल्डकपको फाइनल प्रवेश गरेको थियो ।

अब उपाधिका लागि वैशाख २६ गते कोहलपुर रेसिङ सहारा क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुनेछ ।

आठ टिम सहभागी प्रतियोगिताको उपाधि जित्ने टिमले आठ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कोहलपुर गोल्डकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय