+

क्रिकेट छाडेर एमएमए स्टार बनेका युकी आङदेम्बे

२०८३ वैशाख  २४ गते २०:४५ २०८३ वैशाख २४ गते २०:४५
क्रिकेट छाडेर एमएमए स्टार बनेका युकी आङदेम्बे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली एमएमए फाइटर युकी आङदेम्बेले भारतमा भएको मेट्रिक्स फाइट नाइट-१८ मा भारतका मन्दिप प्रजापतीलाई पहिलो चरणमै नकआउट गरी पराजित गरे।
  • युकीले बेलायतमा पढ्दै गर्दा एमएमए खेल्न थाले र नेपालका लागि झण्डा बोकेर अन्तर्राष्ट्रिय फाइटमा सफलता हासिल गरे।
  • उनले एमएमामा शारीरिक र मानसिक बलियो हुनुपर्ने र दबाबलाई फ्युल जस्तै बनाउनुपर्ने बताए र युवालाई आफ्नो प्यासन फलो गर्न सुझाव दिए।

२४ वैशाख, काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एममए) फाइटर युकी आङदेम्बेले गत साता भारतमा भएको मेट्रिक्स फाइट नाइट (एमएफए)-१८ मा भारतका मन्दिप प्रजापतीलाई पराजित गरे ।

ग्रेटर नोइडास्थित विजय सिंह पथिक इन्डोर स्पोर्ट्स कम्प्लेक्समा शनिबार राती भएको फाइनलमा युकीले मन्दिपलाई पहिलो चरणमै पराजित गरे । उनले २ मिनेट ३१ सेकेण्डमै मन्दिपलाई नकआउट गर्दै घरेलु समर्थकलाई चुप लगाइदिएका थिए ।

नेपालमा जन्मेर बेलायतमा हुर्किएका २७ वर्षीय युकीले भारतका फेभरेट फाइटर मन्दिपलाई पराजित गर्दै नेपालको झण्डा फहराउन सफल भए । लामो समयदेखि एमएमएमा लागेका युकीले यो जितपछि अहिले सबैतिरबाट चर्चा बटुलिरहेका छन् ।

एमेच्योर हुँदै प्रो फाइटर बनेका युकीले यसअघि पनि एमएफएनमा जित हात पारेका छन् । ‘दी गुर्खा’ को नामले परिचित युकील इन्डोनेसियाको बालीमा रहेको सोमा फाइट क्लबसँग आबद्ध छन् ।

बिहीबार ब्रदर्स देयर फर वि (बीटीएफडब्लु) ले आयोजना गरेको सम्मान कार्यक्रममा युकीले एमएफएनमा जित्दाको अनुभव, आफ्नो करियर र नेपालको एमएमएको सम्भावनाबारे आफ्नो भनाइहरू साझा गरेका थिए ।

सानो हुँदा क्रिकेट खेल्ने युकी अहिले देशमा एमएमए फाइट खेलेर चर्चित भएका छन् । उनले सानोमा आफूले क्रिकेट खेलेपनि ब्याक इन्जुरीले गर्दा त्यसमा निरन्तरता दिन नसकेको र पछि एमएमएतिर लागेको बताए ।

‘स्कुल पढ्दा सुरुमा म क्रिकेट खेल्थें । त्यसबेला ब्याक इन्जुरीले गर्दा निरन्तरता दिन सकिनँ । त्यसपछि अब के गरम भइरहेको थियो । अनी जिम जोइन गरे त्यसपछि एमएमएमा पनि इन्ट्रेस्ट बढ्दै गयो । बेलायतमा युनिभर्सिटीमा पढ्न जाँदा मैले त्यहाँ एमएमए खेल्ने अवसर पाएँ र त्यहीबाट मेरो यात्रा अघि बढ्यो’ उनले भने ।

तर सुरुमा उनलाई त्यो सहज भने थिएन । किनभने पढ्दै खेल्दै गर्न समयम मिलाउन कठिन थियो । परिवारले पनि पढन आएको भन्द खेलमा नलाग्न सुझाव दिएका थिए । तर उनको मनले भने एमएमए पनि छाड्न सकेन । उनले पढ्दै खेल्दै गरे ।

‘किन एमएमए खेल्छ, खेल्नुपर्दैन भन्नुभएको थियो तर मैले पढ्दै खेल्छु भनें । आमा बुबाको सुन्नुपर्छ र आप्नो प्यासन पनि फलो गर्नुपर्छ । पढ्छु तर मेरो साइडमा प्यासन छ त्यो पनि गर्छु । त्यसपछि नेपालको झण्डा बोकेर खेल्दै गएँ राम्रो हुँदै गयो’ युकीले भने, ‘ युकेमा काम गर्दै ट्रेनिङ गर्थें । फुल टाइम काम गर्दा ट्रेनिङ गर्दा गाह्रो भयो ।’

सुरुमा युकेमा उनले नेपालको झण्डा बोकेर खेल्दा धेरै मानिस अचम्ममा परेका थिए । तर पछि विस्तारै सबैले थाहा पाए । ‘मैले सुरुमा खेल्न स्टार्ट गर्दा युकेमा नेपालको झण्डा बोकेर खेल्थेँं। युकेमा बसेर नेपालको झण्डा बोक्दा सबैले सोध्थे कहाँबाट आयो यो झण्डा भने । पछि सबैले युकी नेपालबाट आको भन्दा धेरै गर्व लागेको थियो’ उनले भने ।

एमएमएमा शारीरिक र मानसिक दुवै रुपमा बलियो हुनुपर्ने र दबाबलाई झेल्न सके मात्र सफल हुने युकी बताउँछन् । ‘यो खेल फिजिकल्ली बलियो भएर मात्र पुग्दैन । मेन्टल्ली बलियो छैन भने फिजिकल्ली लाई पनि असर गर्छ’ उनले भने, ‘मेरो म्याच हुँदा प्रेसर हुन्छ । हार्‍यो भने भनेर सबै डिटेल एकदमै महत्वपूर्ण हुन्छ । जुनसुकै खेलमा पनि जे पनि हुन्छ । गेम भनेको यस्तै हुन्छ । दबाबलाई कसरी झेल्ने भन्ने कुरा सबै आफैंले सिक्नुपर्छ । प्रेसर हुन्छ । कसरी प्रेसर डिल गर्ने तपाईं आफूमा भर पर्छ । प्रेसरलाई फ्युल जस्तै गर्नुपर्छ । फ्युल जस्तो बनाउन सकेन भने गाह्रो हुन्छ र हार्छ ।’

युकीले एमएमए मात्र नभएर जुनसुकै खेल खेल्दा वा जुन क्षेत्रमा काम गर्दा पनि आफ्नो प्यासनलाई फलो गर्नुपर्ने बताए । ‘युथहरूलाई मेरो सुझाव छ, आफ्नो मनलाई फलो गर्नु । आफ्नो परिवारको कुरा पनि सुन्नु । आप्नो प्यासन चाँहि एकदम फलो गर्नु । यो एमएमएमा मात्र नभएर जुन क्षेत्रमा पनि शतप्रतिशत दिनुपर्छ’ उनले भने ।

उनले नेपालमा पछिल्लो समयमा एमएमएको क्रेज बढिरहेको र रयो खेल पनि ग्रो भइरहेको बताए । नेपाली फाइटहरु पनि राम्रो रहेको बताए । ‘मेरो विचारमा एमएमएको लागि नेपाल एकदमै ग्रो भइरहेको छ । म भारत लगायत अन्य देशमा पनि पुगें । नेपालमा धेरै ग्रो भएको छ’ उनले भने, ‘नेपालीको डीएनएमै फाइटिङ छ । अरू नेपाली फाइटरहरु पनि धेरै राम्रो छ । उनीहरूले राम्रो गरिरहेका छन् । बालीमा पनि नेपालीहरू आएका थिए । उनीहरूको लेभल राम्रो थियो । विस्तारै सपोर्ट पनि भइरहेको छ नेपालमा धेरै चाँडै ग्रो भइरहेको छ अनि धेरै एमएमए एथ्लेटहरू आइरहेका छन्’ यसलाई युकीले सकरात्मक रुपमा हेरेका छन् । ‘अझ धेरै नेपाली भाई बहिनीहरु पनि छ, उनीहरू पनि राम्रो गरिरहेका छन् । नेपाली एमएमएको भविष्य राम्रो छ’ उनले थपे ।

उनले आफू रोल मोडल बन्ने भन्दा पनि आफ्नै काम गरिरहेको बताए । ‘म आफू जस्तो छु आफू जस्तो बनेर खेल्छु । म कसैको रोल मोडल बन्ने भन्दा पनि आफ्नो काममा ध्यान दिन्छु’ उनले भने, ‘आफ्नो जे प्यासन छ त्यही फलो गर्नुपर्छ । कडा मिहिनेत गर्नुपर्छ । मैले सुरुमा गर्दा मलाई थाहा थिएन के हुन्छ कति सपोर्ट पाउँछ भन्ने कुरा । अहिले सबैको साथ सहयोग पाइरहेको छु । म एकदम आभारी छु । मैले अझ धेरै गर्न बाँकी छ’ माइकल जोर्डन र मुहम्मद अलीका फ्यान समेत रहेका युकीले भने ।

उनले अहिले धेरैले यो खेलबारे चासो दिन थालेको र सहयोग पनि पाइरहेको भन्दै आफू धेरै भाग्यमानी रहेको महसुस गरेको बताए ।

एमएमए फाइटर युकी आङदेम्बे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय