+

स्कटल्यान्ड विरुद्ध नेपाल ए को बलियो योगफल

२०८३ वैशाख  २४ गते १४:०६ २०८३ वैशाख २४ गते १४:०६
स्कटल्यान्ड विरुद्ध नेपाल ए को बलियो योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ए ले स्कटल्यान्डविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा ८ विकेट गुमाएर २७७ रन बनाएको छ।
  • देव खनालले ६३ रन बनाए भने मयन यादवले ४५, सन्दीप जोराले ३४, पवन सर्राफले ३१, दीपक डुम्रेले २३ रन बनाए।
  • नेपाल ए ले आगामी दिनमा अमेरिकासँग दुई खेल र स्कटल्यान्डसँग अर्को खेल खेल्नेछ।

२४ वैशाख, काठमाडौं । देव खनालको अर्धशतक तथा अन्य ब्याटरको राम्रो प्रदर्शनमा नेपाल ए ले स्कटल्यान्डविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा बलियो योगफल खडा गरेको छ ।

नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको हो । देवले ६३ रन बनाए भने । मयन यादवले ४५, सन्दीप जोराले ३४, पवन सर्राफले ३१, दीपक डुम्रेले अविजित २३ रन बनाए ।

स्कटल्यान्डका लागि ब्राड्ली करी र सफिया शरिफले २-२ विकेट लिए भने ज्याक जार्भिस, ओलिभर डेभिडसन र ब्रान्डन माकमुलेनले १-१ विकेट लिए ।

नेपाल ए ले यसअघि ओमानसँग पनि एकदिवसीय खेल खेलेको थियो । त्यसबेला एक खेल जित्दा एक खेलमा पराजित भयो ।

नेपाल ए ले शुक्रबार अमेरिकासँग अनि शनिबार फेरि स्कटल्यान्डसँग खेल्नेछ भने सोमबार अमेरिकासँग खेल्नेछ ।

नेपाल ए टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय