News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाले नेपाल ए विरुद्धको अभ्यास एकदिवसीय खेलमा ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको छ ।
- ओपनर स्मित पटेलले १०८ बलमा ११६ रन बनाए, जसमा १० चौका र ५ छक्का समावेश छन् ।
- नेपाल ए का पवन सर्राफले २ विकेट लिए भने अन्य खेलाडीले १-१ विकेट लिए ।
२५ वैशाख, काठमाडौं । ओपनर स्मित पटेलको शतक मद्दतमा अमेरिकाले नेपाल ए विरुद्धको अभ्यास एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको छ । पटेलले १०८ बलमा १० चौका र ५ छक्का मद्दतमा ११६ रन बनाए ।
जसदीप सिंह ३३ तथा हर्मीत सिंह २५ रनमा नटआउट रहे । कप्तान मोनांक पटेलले २० रन बनाए ।
नेपाल ए का लागि पवन सर्राफले २ विकेट लिँदा शाहब आलम, बिपिन खत्री, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले १-१ विकेट लिए ।
नेपाल ए ले यसअघि बिहीबार स्कटल्यान्डसँगको खेल जितेको थियो ।
तस्वीरहरू : विकास श्रेष्ठ


प्रतिक्रिया 4