Comments Add Comment

मन्त्रीको पहलमा सुत्केरीको उद्धार

२१ माघ कैलाली । कैलालीको धनगढीबाट सुत्केरीको उद्धार गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा मंगलबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीको उद्धार गरिएको हो ।

सेनाको जहाज (स्काई ट्रक)मार्फत उनको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।

डोटीको जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्यधिक रक्तस्राव भएपछि आइतबार सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो ।

धनगढीमा पनि रक्तस्राव नरोकिएपछि उनलाई सामाजिक विकासमन्त्री कृष्णराज सुबेदीको पहलमा काठमाडौं लगिएको हो ।

सामाजिक विकास मन्त्रालयले प्रदेशमा एयर लिˆटिङ कार्यक्रमअन्तरगत जटिल गर्भवती र सुत्केरी अवस्थामा रहेका महिलाहरुलाई उद्धार गर्ने गरेको छ ।

गत आर्थिक वर्ष पाँचजना र चालु आर्थिक वर्षमा एक जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment