Comments Add Comment

प्रदेश १ ले थाल्यो कोरोना भाइरसबाट सतर्क रहने तयारी

२१ माघ, विराटनगर । प्रदेश १ सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्वसतर्कता अपनाउन आवश्य तयारी थालेको छ ।

प्रदेश सरकारले कोराना भाइरसप्रति सजग र सचेत हुँदै त्यसका लागि पूर्व तयारी स्वरुप जनचेतना फलाउन प्रचार, सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्थाको तयारी थालेको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस संक्रमित व्यकि्तको नमूना परीक्षणदेखि उनीहरुलाई अस्पतालमा राख्न आवश्य पर्ने आइसुलेटेड बेडहरुको व्यवस्था गर्ने तयारीसमेत भएको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले मंगलबार सरोकारवालाहरुसँग सुझाव दिन आयोजना गरेको उच्चस्तरीय बैठकमा मन्त्री कार्कीले कोरोना भाइरस नामक माहामारीको उच्च जोखिमबाट बच्न प्रदेश सरकारले गरेका आवश्य तयारी र निर्णय सार्बजनिक गरेका हुन ।

मन्त्री कार्कीले कोरोना भाइरस संक्रमित व्यतिलाई अस्पतालको आइसुलेटेड बेडमा राखी उपचार गर्नुपर्ने भएकाले धरानस्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अञ्चल अस्पताल, मेची अस्पताल भद्रपुर, बीएण्डसी अस्पताल, बिर्तामोड, विराट मेडिकल शिक्षण अस्पताल, नोबेल मेडिकल शिक्षण कलेजमा आवश्यक व्यवस्थापनको तयारी भएको बताए । त्यसका समन्वय प्रदेशको सामाजिक विकास मन्त्रालयले गर्ने मन्त्री कार्कीले जानकारी दिए ।

उनले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका सबै जिल्ला प्रशासनको अगुवाइमा सुरक्षा निकाय र स्वास्थयसँग सम्बद्ध सबैसँग आवश्य छलफल गरी मंगलबारबाटै आवश्य सकि्रयता अपनाउने जानकारी दिए ।

कार्यक्रममा कोरोना भाइरस भित्रिन नदिन उच्च सर्तकता अपाउन चिकित्सकहरुले प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

चिकित्सकहरुले कोरोना भाइरस नेपालमा फैलिएमा रोकथाम गर्न गाह्रो हुने भएकोले भित्रिन नदिन उच्च सर्तकता अपनाउन सुझाव दिएका थिए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका छातिरोग विशेषज्ञ डा दिव्यराज मिश्रले कोरोना भाइरसको संक्रणबाट जोगिन पूर्व तयारी नै सबैभन्दा उत्तम उपाय भएकोले सबै सर्तक हुनु बताए ।

उनले कोरोना भाइरस प्रदेशमा देखिएको अवस्थामा यहाका संस्था संस्था त्यसको आवश्य व्यवस्थापनका लागि सक्षम नरहेकाले ती स्वस्थ्य संस्थामा पूर्वतयारीमा राखिनु पर्ने बताए ।

समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर सुरेश मेहताले कोरोना भाइरस भित्रिनकसकोले आत्तिनु पर्ने अवस्था नभए पनि उच्च सर्तकता आवश्यक भएकोमा जोड दिएका थिए ।

जनस्वास्थ्य विज्ञ डा सूर्य पराजुलीले प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा बढी संक्रमणको जोखिममा हुने भएकोले प्राथमिकता निर्धारण गरेर रोकथाम अभियान थाल्न उचित हुने बताए ।

विराटनगर महानगर स्वास्थय महाशाखा प्रमुख डाक्टर रमेश कार्कीले कोरोनाको संक्रमणबाट जोगिन हातधुने, तातो पानी पिउने, मास्क प्रयोग गर्ने हुलमुलमा जोगिने उपायबारे आम जनचेतना वृद्धि गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर प्रदेशका प्रमखु सचिव सुरेश अधिकारी, मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु जनस्वास्थय महाशाखा र ठूला अस्पतालका चिकित्सकलगायत सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment