+
+
Shares

नेपाल हुँदै दिल्ली पुगेका चिनियाँ यात्रु फिर्ता

भारतले रोक्यो चिनियाँ नागरिकको ई-भिसा सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते १८:२६

२१ माघ, काठमाडौं । भारत सरकारले चिनियाँ नागरिक र चीनमा रहने विदेशीका लागि ई-भिसा सुविधा बन्द गरेको छ । भारत सरकारको यस नीति अनुसार अब चिनियाँ नागरिकले भारतीय कूटनीतिक नियोगमै पुगेर भिसा लिनु पर्ने भएको छ ।

यसबाहेक अहिले चीनमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले समेत ई-भिसा सुविधा नपाउने भएका छन् । यसबाट काठमाडौं हुँदै भारत जाने चिनियाँ पर्यटकको यात्रा समेत प्रभावित हुने भएको छ ।

नेपाल एयरलाइन्सबाट मंगलबार दिल्ली पुगेका एक यात्रुलाई भारतको अध्यागमनले ई-भिषाकै कारण नेपाल फिर्ता गरिदिएको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार मंगलबार विहान काठमाडौंबाट दिल्ली पुगेका एक चिनियाँ यात्रु ई-भिषा सुविधामा दिल्ली पुगेका थिए ।

तर, उनलाई नेपाल नै फिर्ता ल्याइएको छ । भारतले ल्याएको पछिल्लो नीतिको जानकारी सबै चिनियाँ यात्रुसम्म नपुग्दा समस्या यात्रु फिर्ता हुनुपरेको नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।|

नेपाल एयरलाइन्सको सर्कुलर

मंगलबार नै नेपाल एयरलाइन्सले सबै टिकेटिङ एजेन्सीहरुलाई भारतीय ट्राभल नीतिबारे सर्कुलर जारी गरेको छ । यसअनुसार चिनियाँ नागरिक र चीनमा बस्ने अन्य मुलुकका नागरिकले समेत ई-भिसा लिएको भए भारतमा उनीहरुले तत्कालका लागि प्रवेश पाउने छैनन् ।

तर, भारतीय कूटनीतिक नियोगमै पुगेर भिसा लिएको भए उनीहरुले भने निर्वाध यात्रा गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?