Comments Add Comment

जहाजसँग बिहे गर्दैछिन् यी युवती, ६ वर्षदेखि थियो प्रेम

हामी धेरैलाई हवाइजहाजमा यात्रा गर्न मन पर्दछ । अर्थात् हामीलाई जहाज मन पर्छ । तर त्यो निर्जीव हवाई जहाजसँग कोही मानिसले प्रेम गर्ने र हवाईजहाजसँगै बिहे गर्ने भन्ने कुरा त कल्पना पनि गर्न सकिँदैन ।

यही कल्पना बाहिरको कुरा अबचाहिँ यथार्थमा परिणत हुँदैछ । जर्मनीको राजधानी बर्लिनकी एकजना युवतीले हवाईजहाजसँग बिहे गर्दैछिन् ।

६ वर्षदेखि बोइंग ७३७–८०० विमानसँग प्रेम सम्बन्धमा रहेकी ३० वर्षकी ती युवतीले आगामी मार्च महिनामा सोही जहाजसँग बिहे गर्ने भएकी हुन् । मान्छे र हवाईजहाज बीचको त्यो विवाहचाहिँ नेदरल्याण्डको राजधानी एम्स्टर्डमा हुनेछ ।

हवाईजहाजसँग बिहे गर्न आँटेकी ती युवतीको नाम मिचेल कोबके हो । मिचेलले सन् २०१४ मा पहिलोपटक टेगल विमानस्थलमा उक्त हवाईजहाज देखेकी थिइन् । पहिलो नजरमै विमानसँग उनको प्रेम बस्यो । उनले त्यही जहाजसँग बिहे गरेको सपना देख्न थालिन् ।

मिचेलका अनुसार जहाजसँगको उनको प्रेम लंग डिस्टेन्स लभ अर्थात् लामो दूरीको प्रेम हो । उनलाई त्यो जहाजका पखेटा, विंगलेट्स तथा थ्रस्टर्स निकै मन पर्छन् ।

मिचेलले आफ्नो प्रेमी हवाईजहाजको नाम सात्स राखेकी छन् । जर्मन भाषामा यसको अर्थ प्रिय भन्ने हुन्छ । सात्स आफ्नो पहिलो प्रेम भएको उनी बताउँछिन् । सन् २०११ मा आफू एकजना युवकसँग रिलेशनसीपमा भएको भए पनि ऊसँग प्रेम नभएको हुँदा लामो समय सम्बन्ध नटिकेको उनको दाबी छ ।
मिचेल पेशाले एक बिक्रेता हुन् । उनी आफ्नो प्रेमी जहाजलाई हेर्नका लागि प्रायः एयरपोर्ट जाने गर्दछिन् । उनले उक्त विमानको एउटा नमूना पनि खरीद गरेकी छिन् जुन उनले सधै आफैसँग राख्दछिन् । यसो गर्दा आफ्नो प्रेममा टाढा महसूस नहुने उनको भनाइ छ । उनी त्यही नमूना हवाइजहाजसँग सुत्छिन् ।

मिचेलको हवाइजहाज सँगको अनौठो प्रेम र हुन लागेको विवाहका बारेमा उनका परिवारलाई पनि थाहा छ । तर यस्तो अनौठो तथ्यका बारेमा परिवारजनलाई कुनै आपत्ति छैन ।

तर मिचेलका कतिपय साथीहरुले भने जहाजसँग उनको लगाव तथा प्रेम एकप्रकारको मनोरोग भएका बताएका छन् । यस्तो रोगलाई अब्जेक्टोफिलिया भनिन्छ । जसमा मानिसले निर्जीव वस्तुहरुलाई प्रेम गर्न थाल्दछ ।

हवाईजहाजका पाटपुर्जा संकलन गर्नु मिचेलको रुचि हो । भविष्यमा बोइङ विमानको मेकानिक बनेर त्यसका अंग प्रत्यङ्ग खेलाउने इच्छा उनको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment