+
+
Shares

नेपाल आइडलमा ईसेवादेखि भोटिङ गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते १५:४०

२२ माघ, काठमाडौं । नेपाल आइडलमा ईसेवादेखि भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो ।

इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्स्मार्फत आफुलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ ।

प्रतियोगीलाई एक पटकमा न्यूनतम एक भोट देखि अधिकतम एक हजार भोट गर्न सकिनेछ । भोटिङ शुक्रबार बेलुकी ८ :३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । नेपाल आइडलमा अहिले टप ११ प्रतियोगीले प्रतिश्पर्धा गरिरहेका छन् ।

प्रतियोगीतामा झापाकी रचना रिमाल, मोरङकी सज्जा चौलागाई, बर्दियाका प्रविण बेडवाल, पोखराका निशान बुडुजा, पोखराकै मुस्कान रानाभाट,हेटौडाकी मिग्मा लामा,काठमाडोकी मेघा श्रेष्ठ,पोखराकी ममता गुरूङ, बर्दिवासका किरण कुमार भुजेल, चितवनका केभिन तामाङ, कैलालीका कमल सोभले प्रतिश्पर्धा गरिरहेका छन् ।

नेपालका चर्चित रियालिटी शो नेपाल आइडलको यो तेस्रो संस्करण हो । पहिलो संस्करणमा पोखराका बुद्ध लामा र दोस्रो संस्करणमा कैलालीका रवि ओड नेपाल आइडल बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?