Comments Add Comment

‘चमेलीकी साधी’को रिमेकमा सारा

सारा अली खान डेब्यु चलचित्र ‘केदारनाथ’देखि नै साराले निकै राम्रो प्रशंसा पाइन् । दोस्रो चलचित्र ‘सिंम्बा’ले उनको चर्चालाई थप उचाई दियो ।

अहिले सारा चलचित्र ‘लभ आजकल’को रिलिज पर्खाईमा छिन् । यस चलचित्रमा सारा मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । साराको जोडी बनेका छन्, कार्तिक आर्यन । भ्यालेनटाइन्स डेमा रिलिज हुने यस चलचित्रलाई वर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । यस चलचित्रबाट सारा सफलतामा ‘ह्याट्रिक’ गर्ने सोचमा छिन् ।

यस्तैमा, साराले नयाँ चलचित्रमा काम गर्न लागेको समचार बाहिरिएको छ । सर्वाधिक सफल भएको बलिउड चलचित्र ‘चमेलीकी साधी’मा साराले काम गर्न लागेकी हुन् । यस चलचित्रमा साराकी आमा अमृता सिंहले मुख्य भूमिकामा निर्वाह गरेकी थिइन् ।

चलचित्रलाई लिएर सारा निकै उत्साहित छिन् । आफ्नै आमाको भूमिकालाई पुनः आफूले निर्वाह गर्न पाउनुलाई उनले शौभाग्य ठानेकी छिन् । आमाले न्याय गरेको ‘चमेली’को भूमिकालाई न्याय गर्न सक्ने विश्वास सारालाई छ ।

साराले चलचित्र ‘कुल्ली नम्बर १’को छायांकन सकाइसकेकी छिन् । यस चलचित्रमा साराले नायक वरुण धवनसँग जोडी बाधेकी छिन् । अब सारा अभिनेता अक्षय कुमारसँग स्कृन सेयर गर्ने तयारीमा छिन् । चलचित्र ‘अन्तरंगी’मा उनले अक्षय र धनुषको साथमा काम गर्न लागेकी हुन् ।

‘अन्तरंगी’को छायांकनपछि मात्र साराले ‘चमेलीकी साधी’लाई समय दिनेछिन् । उक्त चलचित्रको छायांकन भने केही समय पछाडि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment