+
+
Shares

मानव बेचबिखनविरुद्ध अब संसदबाटै पहल गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते १८:०१

२४ माघ,काठमाडौं । मानव बेचबिखनविरुद्ध प्रभावकारी अभियानका लागि अब संसदबाटै पहल हुने भएको छ । शक्ति समूह र एटविनको संयुक्त आयोजनामा राजधानीमा भएको संघीय संसदका सांसदहरुसँगको परामर्श बैठकमा सहभागी सांसदहरुले मानव बेचबिखन जघन्य अपराध भएकोले त्यसको न्युनीकरणका लागि आवश्यक भूमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

मानव बेचबिखनविरुद्धका कार्यका लागि विद्यमान ऐन कानून र नियमहरु पर्याप्त नभएकोले र भइरहेका ऐन नियमलाई संसोधन गर्ने र अझ प्रभावकारी बनाउनका लागि राज्यलाई थप जिम्मेवार बनाउन निर्देश गर्ने सांसदहरुले बताएका छन् ।

प्रतिनिधिसभा कृषि तथा सहकारी समितिका सभापति एवं पूर्वउपसभामुख पूर्णकुमारी सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संसदका अन्य समितिहरुसँग पनि परामर्श गरी मानव बेचबिखन, स्वदेशफिर्ती र पुनःएकीकरण लागि ऐन निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाइन् ।

उपाध्यक्ष दाहालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन तथा पार्लेमो आलेखको अनुमोदनका लागि प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

दिगो विकास समितिका सभापति तारादेबी भट्ट, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्का, सांसद डा. विन्दा पाण्डे, राजबहादुर बुढा, शान्ति पाखि्रन समेतले संसदमा मानव बेचबिख सिर्जित समस्या समाधानमा पहल गर्ने बताए ।

कार्यक्रममा शक्ति समूहका अध्यक्ष चरिमाया तामाङ, बरिष्ठ पत्रकार एवं शक्ति समूहका सल्लाहकार टंक पन्त, एटविनका अध्यक्ष नातिसरा राई र कार्यकारी निर्देशक बेनुमाया गुरुङ, शक्ति समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामी, दिलिप कोइराला, सरला तामाङ, रीना विक, नर्बदा सोराली मगरले बेचबिखन प्रभावितका समस्याबारे बताएका थिए ।

प्रभावितहरुको उद्धार, स्वदेशफिर्ती, पुर्नस्थापना र पुनःएकीकरणमा भएका समस्या तथा चुनौतीहरुलाई अब संसदबाटै समाधान गर्न उनीहरुले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?